tag:blogger.com,1999:blog-179548152417473232024-02-20T06:56:43.887-08:00कथा बालीलामा छोटा कथाहरुको संग्रह स्थलAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger19125tag:blogger.com,1999:blog-17954815241747323.post-84084340158841846092011-11-17T17:05:00.000-08:002011-11-17T17:11:14.099-08:00कथा : आँपको रुख'मैले उसलाई भुँडी बोकाउनै नहुने......' हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; 'मैले उसलाई गर्भ बोकाउनै नहुने' अथवा 'मैले उसलाई गर्भवति बनाउनै नहुने' । तर......... मैले त्यसैगरी सम्झिएँ । ................जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।झण्डै १३ Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-6072652764940241622010-05-19T03:05:00.000-07:002011-11-17T17:11:55.989-08:00कथा : देहत्याग'दीपक? उठ छोरा । आज मातातिर्थ औंशी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मिठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाईदे । बैनिले अगि नै उठेर सबैथोक गरिसकि । ऐले तेरो क्याम्पस जानेबेला हुन्छ । म पनि अफिस जानुपर्छ । तँ आउँदा फेरी बैनि स्कूल जान्छे ।' आज बिहानै ओच्छ्यानमै आएर बाबाले मलाई धर्म सङ्कटमा पार्दै उठाउनुभयो । बाबाको कुरा नसुनुँ भने पनि कसरी । सुनुँभने पनि कसरी । सौतेनी आमालाई के Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-9894688482307752002010-05-19T03:03:00.000-07:002010-05-19T03:04:58.904-07:00कथा : रोगी घामकत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।एकदिन, एकझर Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-84114201246132077072010-01-15T17:19:00.001-08:002010-01-15T17:19:57.981-08:00लघुकथा : निरुत्तरलामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने गरेर मौलाएको बन्द संस्कारको वावजुध एक साँझ मित्रलाई फोन गरेर उनको घर पुगें म ।म पुग्दा मेरा मित्र रीसले चुरचुर भएर लगभग काम्न लागेको अवस्थामा थिए । उनको आँखा हेर्दा लाग्थ्यो आँखैमा उनले Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com2tag:blogger.com,1999:blog-17954815241747323.post-37021936911893312842009-06-20T17:03:00.000-07:002009-06-20T23:37:51.945-07:00लघुकथा : कामनागाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।बुहारी भन्दैथि'न् , 'अब त यो पैसोले घरमा टिन् ठोक्नु पर्छ बुढा । सप्पैका टिनका छाना भैसके ।''Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com1tag:blogger.com,1999:blog-17954815241747323.post-28331550075746431922009-03-09T00:07:00.000-07:002009-03-09T14:07:40.048-07:00लघुकथा : प्रोत्साहनदेशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com1tag:blogger.com,1999:blog-17954815241747323.post-12489235801228729392009-03-01T17:03:00.001-08:002009-03-09T14:10:33.845-07:00कथा : यू टर्नसाउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाइयन शैलीमा बनाइएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन्। हेर्दा सामान्य कुनै दुर्गम गाउँमा अनेक अभावहरु सहँदै उभिएका टहराहरु जस्ता देखिने उक्त घर Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-44894141619927150042009-02-23T02:51:00.000-08:002009-02-23T02:52:30.153-08:00माथ्लो घरको ढिकी' साबित्रा ? ''.............'' ए , साबित्रा ?'......................'' हैन चालचुल छैन गाँठे , कहाँ मर्न गईछे ? आज पनि ब्रत हो कि क्या हो यस्को ? हैन यि आईमाईले कति ब्रत बस्न सकेका होलान ? काम धन्दा केही गर्नुपरेन ब्रत छ भन्यो , मिठो मिठो खान खोज्यो , कति सजिलो हो ईन्लाई ? ' शिबरामले फत्फताउँदै आँगनको एक कुनामा भएको कुखुराको खोरमाथी जुवा मिल्कायो । बिहानभरी खेत जोतेर लखतरान परेर आएको शिबरामलाई Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-48316072479320835042009-02-23T02:49:00.000-08:002009-02-23T02:50:18.357-08:00थप्पडीघर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ । के म आफुमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागी केहि गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-74114740798665761252009-02-23T02:47:00.001-08:002009-02-23T02:47:33.301-08:00एकभारी दाउरासँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । अरु अरु दाउरेहरुको ठुलो ठुलो र हेर्दै दन्दनी बल्ने चिर्पट जस्ता दाउराको अगाडी उसको दाउराले कहिलेAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-3574913650317113072009-02-23T02:45:00.001-08:002009-02-23T02:45:47.456-08:00एकादेशको थालएकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले कसैको भाग खाँदैनथ्यो । समय क्रममा मान्छेहरुको संख्या बढ्दै गयो र मान्छेहरु स्वार्थी बन्दैगए र कसैले धेरै कसैले थोरै खान पाउन थाले । केहि बाठाटाठा मान्छेहरुले उत्पादन बराबरीAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-55798592211295674302009-02-23T02:42:00.000-08:002009-02-23T02:43:03.249-08:00केतकी फूलको मालासुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो ।' सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ । ' उसले श्रीमतीलाई कोठाभित्रैबाट अह्रायो ।' सकिसकेँ अब । तपाईँलाई भोक लाग्यो ? चिया बनाईदिउँ ? ' सीमा उसकै कोठाभित्र छिरिन् ।' हैन मलाई के को भोक लाग्नु नि ? बच्चाहरु भोकाउंछन् भनेर पो । ' उ अलि Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-10592982183255817902009-02-23T02:28:00.000-08:002009-02-23T02:30:17.784-08:00चार सौ बीस उत्सव' जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो .... ' उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत ।' Hello ' , उसले फोन उठायो ।' Hey D , are you ready yet ? ' , लट्पटिएर बोलेझैं स्वरमा पाउलाले सोधी ।' I don wanna wake up in vain on my dayoff ' बब मार्लीको गीत गाएझैं गर्दै जवाफ दियो उसले ।' What the hell D ? get up , we're gettin' late .' उताबाट प्याटको आवाज सुन्यो उसले । उनिहरु फोनको स्पिकर अन गरेर कुरा Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-42276119795011280162009-02-23T02:24:00.000-08:002009-02-23T02:25:32.386-08:00बुझाईसंधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी जम्मा गर्नु जस्ता अतिरिक्त काम पनि आईपर्थ्यो उनलाई ।मिलको आँगनमा खर्दार अरु एकदुईजना मान्छेहरुसंग कुरा गर्दैथिए । संधै त यसबेलासम्म मिल चल्न थालिसकेको हुन्थ्योAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-21864586164248371892009-02-23T02:20:00.000-08:002009-02-23T02:22:44.181-08:00भित्रभित्रैदक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर धेरैजसोले सुन्दरमानलाई मानब अधिकारकर्मीको टोलीमा सामेल गराएर एकजनालाई अमेरिका सम्म पुर्याउन सकिन्न भनेर सोधेका Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-65440065415535163672009-02-23T02:15:00.000-08:002009-02-23T02:19:58.947-08:00अप्रिलफुल" आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । " गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि । प्लास्टिकको रातो बाटा र धुने लुगाको पोको बोकेर उ राङ्बाङ खोलामा लुगाधुन झर्दै थिई ।" हैन यो बैनि के भा'को ? हेर्नु नहुने ठाँउतिर तिमिलाई को'ले हेर्नु भनेको थ्यो त ? " अलि मुन्तिर ढुँगाको कापमा छलिएर पिसाब गर्दैगरेको देवकुमार Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-14350199732639008192009-02-23T02:04:00.000-08:002009-02-23T02:14:27.753-08:00नयाँ घरजसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई कोठा भाडामा लिएर सारा संसारै त्यसैलाई सम्झनु परेको छ । पहिले छोरो सानै हुंदा यौटा कोठा सुत्न बस्नको लागी प्रयोगमा आउंथ्यो र अर्को भान्सा तथा राखनधरन को लागी । अब छोरो हुर्कंदै गएपछि Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-7163619067477008562009-02-22T17:11:00.000-08:002009-02-22T17:13:34.906-08:00भगवान हराएपछिके तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । .........ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि महाभारतमा पनि मान्छेको जीवनमा यौटै मात्र भएपनि यस्तो साथी होस् जो साथीको निम्ती ज्यान दिन तयार हुन्छ भने त्यो जतीसुकै अधर्मी , पापी भएपनि त्यसको जीवन सार्थक हुन्छ भनिएको छ । महाभारत त पढ्नु भएको छ तपाईले ? यो प्रश्न पनि यसकारण Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-17954815241747323.post-28391576125039324102009-02-22T16:44:00.000-08:002009-02-22T17:00:19.034-08:00नयाँ साथीको पुरानो कुरा" अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? " सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो हात मिलाउदै रमेशले सोध्यो । रमेश मैले आजै भेटेको साथी । म भर्खर डी भी परेर अमेरिका आएको । आउनासाथ कामधन्दा नमिलुञ्जेलको लागी रमेशकै कोठामा बस्ने निधो भएको थियो । रमेश पनि झण्डै तिन Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0